‘एका’ अध्यक्षमा पिआर अधिकारी चुनिए

-- गोपाल छन्त्याल/नेपाली टाईम्स अष्ट्रेलिया ?>

सिड्नी – अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट एलाईन्स (एका) को अध्यक्षमा परशुराम (पीआर) अधिकारी चयन भएका छन् । सिड्नीको होटल रीजमा सम्पन्न साधारणसभाले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका उपाध्यक्षमा उपाध्यक्षमा राज जोशी र बद्री जैसी, सहसचिबमा मणी सिलवाल र खुला सदस्यमा सरद भुषाल निर्वाचित भएका छन् । बाँकी सदस्यहरु पदाधिकारीको पहिलो वैठकले मनोनित गर्ने विधानको परिपाटी बमोजिम छलफल अघि बढाईएको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।

सोही अवसरमा संस्थागत विकासमा महत्वपूर्ण योगदान दिए बापत पूर्वअध्यक्ष नीरज श्रेष्ठ ,उपाध्यक्ष भुपाल सीटौला र कोषाध्यक्ष सुवास शाहलाई सम्मानित गरीएको थियो । कानुनविद शम्सेरसिंह थापाले सम्मानित व्यक्तित्वहरुलाई प्रमाणपत्र प्रदान गर्दै निर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए ।कार्यक्रममा एनआरएन पूर्व प्रवक्ता मन केसी, पूर्व आईसीसी सदस्य बालचन्द्र भट्टराई, संचारकर्मी डिल्ली ढकाल, निवर्तमान उपाध्यक्ष भुपाल सिटौलाले नयाँ कार्यसमितिको सफलताको शुभकामना दिएका थिए । अष्टे«लियाको एजुकेशन र माइग्रेसनको क्षेत्रमा नेपाली समुदायका लागि एकाले विभिन्न कार्यहरु गर्दै आएको जनाईएको छ ।