बुधबार रातिदेखि हुम्लामा हिमपात

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

हुम्ला – कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कार्तिक महिनामा हिउँ परेको थियो ।

बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताउनुभयो । उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेकोे छ ।