एनआरएनए सम्बन्धी कानुन संशोधनका लागि परराष्ट्र मन्त्रालयले माग्यो यस्तो सुझाव

काठमाडौं– परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीसम्बन्धी कानुन संशोधनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सुझाव माग गरेको छ । करिव एक साताअघि नै परराष्ट्र मन्त्रालयले एउटा परिपत्र जारी गर्दै गैरआवासीय नेपालीसम्बन्धी मौजुदा कानुनहरु गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ संशोधनका लागि लाभग्राहीको तर्फबाट एनआरएनएसंग सुझाव मागेको हो ।
परराष्ट्र मन्त्रालयद्वारा जारी परिएको परिपत्रमा नयाँ संविधानको धारा १४ मा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने उल्लेख छ । मौजुदा कानुन फागुनभित्रै संशोधन गर्ने संवैधानिक व्यवस्थाबमोजिम एनआरएनए कानुन पनि संशोधन हुन लागेको हो ।
पत्रमा भनिएको छ– गैर आवासीय नेपालीहरुका सम्बन्धमा आवश्यक व्यवस्था गर्न गैरआवासीय नेपाली सम्बन्धि ऐन, २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धि नियामवली २०६६ कार्यान्वयनमा रहेको व्यहोरा विदितै छ । नयाँ संविधानको धारा १४ मा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने उल्लेख भएको सन्दर्भमा सोही बमोजिम संघीय नागरिकता ऐनमा व्यवस्था गर्दै परराष्ट्र मन्त्रालय मैजूदा कानून समयानुकुल संसोधन गर्ने तयारीमा रहेकोले गैरआवासीय नेपालीहरु स्वयं नै यसको लाभग्राही रहेको परिपेक्ष्यमा अमूल्य रायरसुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’
परराष्ट्र मन्त्रालयका शाखा अधिकृत अर्जुन घिमिरेको हस्ताक्षरसहितको परिपत्र डिसेम्बर ६ का दिन जारी गरिएको हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...