देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल

भरतपुर – देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको हो ।
तनहुँ देवघाट गाउँपालिका–५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष हुनुहुन्थ्यो । सामुदायिक अध्ययन केन्द्र र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहनुभएका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।
अध्यक्ष भएपछि रासससँग कुराकानी गर्दै पौडेलले देवघाटधामलाई नेपालको धार्मिक पर्यटकीय केन्द्र बनाउने बताउनुभयो । देवघाट धार्मिक र सांस्कृतिक केन्द्र भएकाले आवश्यकता र प्राथमिकताका आधारमा काम गरिने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...