देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल

भरतपुर – देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको हो ।
तनहुँ देवघाट गाउँपालिका–५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष हुनुहुन्थ्यो । सामुदायिक अध्ययन केन्द्र र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहनुभएका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।
अध्यक्ष भएपछि रासससँग कुराकानी गर्दै पौडेलले देवघाटधामलाई नेपालको धार्मिक पर्यटकीय केन्द्र बनाउने बताउनुभयो । देवघाट धार्मिक र सांस्कृतिक केन्द्र भएकाले आवश्यकता र प्राथमिकताका आधारमा काम गरिने बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...