नुवाकोटमा मिनि ट्रक दुर्घटना, ३० भन्दा बढिको मृत्यु

१७ जनाको शब भेटियो
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

नुवाकाेट -नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा ३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले घटनास्थलमा १७ जनाको शव संकलन गरिएको र अन्यको खोजी भैरहेको जानकारी दिए ।

गाडी व्याक गर्नेक्रममा मिनिट्रक भीरबाट झण्डै एक हजारमिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताएका छन । उनले दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु भएको यसअघि नै बताएका थिए । अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँबाट खसेको थियो । गाडीमा ४१ जना यात्रु सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् । स्थानीयले रातको समयमा भीरमा शव छरिएकाले भेटाउन मुस्किल भएको बताएका छन् । दुर्घटनामा एक जनाले भने हामफालेर ज्यान बचाएका छन् ।