द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीलाई

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायनमा रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । उनी टीम दीपबाट विजयी भएका हुन् ।
चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
फिनालेमा कतारस्थित कार्यरत संघसंस्थाका साथै त्यहाँ कार्यरत श्रमिकहरुको पनि सहभागिता रहेको थियो ।
फिनालेको लागि नेपालबाट ६८ जनाको जम्बो टोली कतार पुगेको थियो ।

विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो । द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् ।
कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो ।
शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । आजको फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् ।

‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका पोखराका विजयको नाम अघिको सीडीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनी ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गीत बाट आएका थिए ।
मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा विविए तेस्रो वर्षमा अध्ययनरत छन । उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए ।