प्रवासीको संयोजनमा दन्तशिविर

म्याग्दी– गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निःशुल्क दन्त शिविर सञ्चालन हुने भएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने उपायको बारेमा सन्देश प्रवाह गराउने उद्देश्यले शिविरको आयोजना गरिएको हो । यही पुष २४ र २५ गते धवलागिरी गाउँपालिका ६ मराङको बेशी, तथा २६ र २७ गते अन्नपूर्ण गाउँपालिकामा दन्त विशेषज्ञहरुको उपस्थितमा शिविर सञ्चालन गरिने मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिए ।
स्थानीय तह र जिल्लाका सरोकारवाला निकायहरुसँ समन्वय गरेर शिविर सञ्चालन गरिने थापाले बताए । मराङको बेशीमा सञ्चालन हुने शिविरबाट मल्कवाङ, रघुगंगाको कुइनेखानी र मालिकाको बिम, दिच्यामका बासिन्दाले पनि सेवा लिन सक्ने जनाइएको छ । अन्नपूर्णमा गाउँपालिकाको सिफारिसमा शिविर सञ्चालन हुने स्थान तय गरिने भएको छ । टिचिङ हस्पिटलका दन्तरोग विशेषज्ञ डाक्टर दिपकराज जोशी र एनआरएनए न्युजिल्याडका स्वास्थ्य शिविर संयोजक डाक्टर निर्मल रिमाल लगायतको टोलीले दन्त परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सेवा दिने भएको छ । शिविरमा पहिचान भएका र त्यहाँ उपचार सम्भव नभएको सेवा अस्पतालबाट उपलब्ध गराउने व्यवस्था मिलाउने एनआरएनए न्युजील्याडका अध्यक्ष कमल वाइवाले बताए । दुर्गम र ग्रामिण क्षेत्रमा सहज र सर्वसुलभ रुपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निशूल्क शिविर आयोजना गरिएको वाइवाले बताए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...