प्रधानमन्त्री ओलीद्वारा धरहरा पुननिर्माणको शिलान्यास

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भुकम्पले ध्वस्त भएको धरहरा पुननिर्माणको शिलान्यास गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा परिसरमा आयोजना गरेको विषेश कार्याक्रममा प्रधानमन्त्री ओलीले पुजागरी शिलान्यास गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालको २०७२ साल फागुन ४ गते ‘म बनाउछु मेरो धरहरा‘ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुननिर्माणको लागि उपलब्ध गर्नभएको झण्डै चार वर्षपछि आफैले धरहरा पुननिर्माणको शिलान्यास गर्नुभएको हो ।
६ रोपनी क्षेत्रफलमा रहेको प्रधानमन्त्री भीमसेन थापा कालिन धरहरा भत्किएपछि हुलाक र टक्सार विभाग सहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुनेछ । पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।
शिलान्यास समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादर थापा, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डीत, पर्यटन मन्त्री रविन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सिइयो शुशिल ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । साइत अनुसार बिहान ११ बजे शिलान्यास गरिएको हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...