बन्ने भयो ए मेरो हजुर–३

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

झरना थापाले निर्देशन गर्ने फिल्म ए मेरो हजुर–३ को शुभमुहूर्त केही दिनअघि पोखरामा सम्पन्न भएको थियो । अनमोल केसी तथा सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्ममा अभिनेता अर्पण थापा तथा रवीन्द्र झा पनि भित्रिएका छन् । यसअघि फिल्ममा सलोन बस्नेत अनुबन्धित भएका थिए । कथाको माग अनुसार नै पात्र चयन गरिएको निर्देशक थापाले बताएकी छिन् । यसअघि थापाको निर्देशनको फिल्म ए मेरो हजुर–२ व्यवसायिक रूपमा सफल साबित भएको थियो ।