मार्चमा लगानी सम्मेलन

काठमाडौँ, १२ पुस- नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मार्च २९ र ३० का दिन राजधानीमा नेपाल लगानी सम्मेलन हुने भएको छ ।
नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ ।
अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड नेपालको सक्रियतामा हुने उक्त सम्मेलनमा नेपालमा लगानीका अवसरका साथै आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने प्रयास हुनेछ ।
विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुनेछ ।
सम्मेलनबारे जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराइनेछ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन उद्देश्यप्राप्तिका निम्ति उपलब्ध स्रोत साधनको उपयोग र विश्वमा प्रवद्र्धित नयाँ प्रविधिको प्रयोग गर्दै जानु अहिलेको अपरिहार्यतामा जोड दिँदै मन्त्री खतिवडाले नेपालका प्राकृतिक स्रोत र साधनको प्रभावकारी उपयोगमा स्वेदशी तथा विदेशी लगानी र प्रविधि भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा तीनवटै तहको निर्वाचनपछि गठन भएको राजनीतिक स्थायित्वयुक्त वर्तमान सरकारले लगानीकर्तालाई अभिप्रेरित गर्न तर्जुमा गरेका नीति र तिनको कार्यान्वयन एवं सरकारको सोच उहाँहरुमाझ प्रवाह गर्न सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।
“करीब रु दुई खर्ब ७५ अर्बको लगानीका परियोजनामा समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ र तीमध्ये अधिकांश जलविद्युत् परियोजना छन् । करीब २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा रुचि देखाएका छन् भने तीमध्ये केहीले परियोजना प्रस्तावसमेत पेश गरिसकेका छन्” २०७३ को लगानी सम्मेलनपछि प्राप्त बाह्य लगानीबारे जानकारी दिँदै अर्थमन्त्रीले भन्नुभयो ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने कार्यक्रम छ भने सम्मेलन तयारीका सम्पूर्ण काम पूरा गर्न अर्थमन्त्रीको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव, निजी क्षेत्रका प्रतिनिधि रहेको निर्देशक समिति गठन भएको छ ।
नेपालले लिएको आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पु¥याउन काठमाडौँस्थित विदेशी कूटनीतिक नियोग, नेपालको विकासका साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायतको सहयोग सम्मेलनमा रहनेछ ।
अघिल्लो सम्मेलनपछि श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह गर्नु सम्मेलनको उद्देश्य हो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...