‘हिउँ सरी…..’ मा प्रहलाद तिमिल्सिनाको मीठो स्वर

काठमाडौं– प्रहलाद तिमिल्सिना नेपाली चलचित्रका स्थापित पाश्र्व गायक हुन् । उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन् । धेरै वटा चलचित्रमा थुप्रै अभिनेताका लागि पाश्र्व गायन गरिसकेका यी गायक सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन सिपालु छन् ।

केही साताअघि आधुनिक गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका यी गायक यतिबेला सोही एल्बमको एउटा नया गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘हिउँ सरी…’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।
आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।
हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।
यस्तो छ भिडियो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...