‘हिउँ सरी…..’ मा प्रहलाद तिमिल्सिनाको मीठो स्वर

काठमाडौं– प्रहलाद तिमिल्सिना नेपाली चलचित्रका स्थापित पाश्र्व गायक हुन् । उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन् । धेरै वटा चलचित्रमा थुप्रै अभिनेताका लागि पाश्र्व गायन गरिसकेका यी गायक सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन सिपालु छन् ।
केही साताअघि आधुनिक गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका यी गायक यतिबेला सोही एल्बमको एउटा नया गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । ‘हिउँ सरी…’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।
आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।
हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । उत्तम हुमागाईद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् ।
यस्तो छ भिडियो

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...