निर्मलाको हत्यारा पत्ता लगाएरै छाड्ने महानिरिक्षकको दावी

महेन्द्रनगर- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जो कोही भए पनि नछोड्ने पुरानै आश्वासन दोहोर्याएका छन् । आज आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै आईजीपी खनाल पहिलेकै आश्वासन दोहोर्याएका हुन् ।
घटनाको अनुसन्धान जारी रहेको बताउँदै आईजीपी खनालले निर्दोष नफस्ने र दोषी जो कोही भएपनि नछाडिने धारणा व्यत्तः गरेका हुन् । अनुसन्धानमा प्रहरी कसैको दबाब र प्रभाव नभएको खनालको भनाइ छ ।
शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने खनालको अडान रह्यो
आईजीपी खनाल निर्मला हत्याकाण्ड पछि दोस्रो पटक कञ्चनपुर आएका हुन् । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी एकाइको वस्तुस्थिति लगायतका विषयमा पनि जानकारी लिएका छन् ।
आईजीपी खनाल अहिले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नियमित अनुगमन भ्रमणमा छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना भन्दा बढि समय भैसक्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला अनुसन्धानमा आइजीपी आफै सक्रिय भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...