बेलनाको आकारमा स्मार्टफोन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

क्यानाडाको क्विन्स युनिभर्सिटीका शोधकर्ताहरुले बेलनाकार अर्थात् सिलिन्ड्रिकल स्मार्टफोन निर्माण गरेका छन् । म्याजिक स्क्रोल नामक उक्त स्मार्टफोन दुवै साइडमा भएको स्क्रोलका आधारमा चल्छ र यसको दुवैतर्फ स्क्रिन छ । आवश्यकताअनुसार यसको स्क्रिनलाई सिधा बनाएर ट्याबका रूपमा समेत प्रयोग गर्न सकिन्छ । सिलिन्ड्रिकल आकारका कारण फोन गर्दा केही समस्या भने हुन्छ, तर पनि यो स्मार्टफोनलाई निकै रुचाइएको छ ।