अष्ट्रेलियाको सर्वोच्च शिखरमा नेपाली झण्डा फहराईयो

सिड्नी– अष्ट्रेलियाको सर्बोच्च शिखर माउण्ट कोसियस्कोमा नेपालको राष्ट्रिय झण्डा फहराईएको छ । नयाँ बर्षको अवसरमा नेपाली संघीय समाजवादी फोरम अस्ट्रेलिया (नेफेसो) को आयोजना गरेको तीन दिने सिड्नी–कोसियस्को सद्भावना भ्रमणका क्रममा सर्वोच्च शिखरमा नेपालसँगै अष्ट्रेलियाको सबैभन्दा अग्लो नेपाली र अष्ट्रेलियन झण्डा सहित दुवै देशको राष्ट्रिय गानको धुन बजाईएको थियो ।
माउण्ट कोसिएस्को समुन्द्री सतह देखि २२ सय २८ मिटरको उचाईमा अवस्थित छ । नेपाल र अष्ट्रेलिया बीचको सुमुधुर सम्बन्ध स्थापित गर्ने र दुई देशका नागरिकको सद्भावपूर्ण सम्बन्ध स्थापित गर्नका लागि अष्ट्रेलियाको उच्च शिखरमा दुई देशका झण्डा फहराईएको आयोजकले जनाएको छ । हिमाल आरोहणपछि संक्षिप्त प्रतिक्रिया दिदै आयोजक संस्था नेपाली संघिय समाजवादी फोरम अष्ट्रेलियाका संयोजक गणेश तामाङले प्रवासको व्यस्त समयका बाबजुद पनि राष्ट्र र राष्ट्रियता प्रतिको सम्मानका लागि हरेक बर्ष यस्तै किसिमको कार्यक्रम गरिदै आएको बताए ।
‘यस्ता कार्यक्रमले आपसी सद्भाव र आत्मियता बढ्दै जानेछ’, उनले भने, ‘हामीले विगतदेखि यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आएका थियौँ, यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’ भ्रमणमा सुनदोर्जे तामाङ, रामन्द्र सापकोटा, कमल बानियाँ, श्याम सैँजु, बुद्धि योन्जन हरि लाल लामिछाने जस्ता फाइब स्टार शेफ लगायतको टोलीले उत्कृष्ट स्वादको खाना पस्केका थिए । यात्रा अबधि भरि नै आकृति मोक्तान ले बिबिध कार्यक्रम हरुको संयोजन गरेकी थिइन भने दिनेश लामा ले प्राबिधिक सेवा प्रदान गरेका थिए | आरोहणको अघिल्लो दिन आयोजित विशेष कार्यक्रममा ब्यबसाई युवाराज भट्टराई, सरिना सैँजु तथा महेन्द्र लम्साल लगायतका टोलीले गीत र नृत्यले भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
तिन दिने सद्भावाना यात्राको बिट मार्दै यस्तो सुनौलो अवसर प्रदान गरेकोमा नेफेसोका संयोजक गणेश तामांग प्रति सबै सहभागी हरुले हार्दिक आभार प्रकट गरे भने तामांग कि पत्नी भद्रा वाइवाको आतिथ्यको सबैले प्रशंशा गरे |

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...