अष्ट्रेलियाबाट आयो विश्व, सुजाता र द नेक्स्टको ‘कवि देवकोटा…’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गायक विश्व नेपाली तथा गायिका सुजाता उपाध्याय आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘मीठो साह्रै मीठो…’ गीतको अपार सफलतापछि गायक विश्व नेपाली तथा द नेक्स्ट ग्रुप पुनः एकपटक नयाँ गीतको भिडियो लिएर आएका हुन् ।

‘कवि देवकोटा….’ शीर्षकको उक्त गीतमा गायक नेपालीलाई गायिका सुजाता उपाध्यायले साथ दिएकी छिन् । गीतकार एक नारायण भण्डारीद्वारा रचना गरिएको उत्तः गीतमा आशिष अविरलको संगीत निर्देशन छ । अविरलले नै यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

अष्ट्रेलियामा छायांकन गरिएको उक्त यूगल गीतको म्युजिक भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका हुन् । भिडियोमा अष्ट्रेलियामे बसोबास गर्ने नेपाली कलाकारहरुको समुह द नेक्स्टका कलाकारका साथै गायक नेपालीले पनि अभिनय गरेका छन् ।

भिडियोमा प्रदीप लामा तथा सुजना पौडेलको कोरियोग्राफी छ । बिजया बानिया तथा योगेश कार्कीले भिडियोमा सहायक कोरियोग्रँफी गरेका छन् ।

सिरुजल इभर तथा ल्याक्स तामाङद्वारा छायांकन गरिएको भिडियोमा सिरुजल इभरको सम्पादन, भिएफएक्स तथा कलर करेक्सन छ ।

यस्तो छ कवि देवकोटाको म्युजिक भिडियो