वर्ष २०१८ का उत्कृष्ट फिल्म

वर्ष २०१८ मा प्रदर्शन भएका बलिउड तथा हलिउडका फिल्महरु मध्ये आम्दानिको हिसाबले उत्कृष्ट पा“च फिल्महरु यस्ता छन् ।
बलिउड
२.०
निर्देशक : शंकर
कलाकार : रजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन, सुधांशु पाण्डे आदि ।
यो साइन्स फिक्सन फिल्मले चर्चा भए जस्तो व्यवसाय गर्न सकेन । यो फिल्मले हालसम्म ७ सय ५० करोड भारु बराबरको व्यवसाय गर्न सफल भएको छ ।
संजू
निर्देशक : राजकुमार हिरानी
कलाकार : रणबीर कपूर, परेश रावल, मनिषा कोइराला, दिया मिर्जा आदि ।
कुनै बेला बलिउडका सुपरस्टार रहिसकेका अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ वर्ष २०१८ कै सर्वाधिक आम्दानि गर्न सफल फिल्म बनेको छ । उक्त फिल्मले झण्डै साढे ६ सय करोड भारतीय रुपैया (भारु) बराबरको व्यवास गर्न सफल भएको छ ।
पद्यावत
निर्देशक : सञ्जय लीला भन्साली
कलाकार : रणविर सिंह, दीपिका पादुकोण, शाहिद कपूर आदि ।
ऐतिहासिक विषयवस्तुमा आधारित फिल्म पद्यावत प्रदर्शनअघि विवादमा समेत परेको थियो । बलिउडकै महंगो मानिएको यो फिल्मले पनि ५ सय ८५ करोड भारु बराबरको व्यवसाय गर्न सफल भएको छ ।
रेस–३
निर्देशक : रेमो डि’सूजा
कलाकार : सलमान खान, अनिल कपूर, बबि देओल, ज्याक्लिन फर्नान्डिज आदि ।
यो एक्सन प्रधान फिल्मले सलमान खानका प्रसंसकको मन जिते पनि व्यवसायका हिसाबले औषत रह्यो । यो फिल्मले ३ सय ३ करोड भारु बराबरको व्यवसाय गर्न सफल भयो ।
बागी ३
निर्देशक :अहमद खान
कलाकार : टाइगर श्राफ, दीसा पटानी
यो एक्सन प्रधान फिल्मले राम्रो व्यवसाय गर्न सफल भयो । झण्डै ६० करोड भारु लगानी गरिएको यो फिल्मले २ सय ६० करोड भारु बराबरको व्यवसाय गर्न सफल भयो ।
हलिउड
एभेन्जर्स : इन्फिनिटी वार
निर्देशक : एन्थनी रुसो तथा जो रुसो
कलाकार : रोबर्ट डोनी जुनियर, क्रिस हेमस्वर्थ, मार्क रफ्लो, क्रिस इभान्स, स्कार्टेल जोहन्ससन आदि
२३ अप्रिल २०१८ का दिन प्रदर्शन भएको यो फिल्म वर्षकै सबैभन्दा बढि आम्दानी गर्न सफल फिल्म हो । यो एउटा अमेरिकी सुपरहिरो फिल्म हो, जसमा मार्वल कमिक्सको सुपरहिरो टिम एभेन्जर्समा आधारित छ । यो फिल्मको निर्मँण मार्वल स्टुडियोले गरेको हो, जसलाई वाल्ट डिज्नी स्टुडियोले विश्वव्यापी वितरण गरेको हो । यो फिल्मले २ बिलियन डलर भन्दा बढिको व्यवसाय गर्न सफल भएको छ ।
ब्ल्याक प्यान्थर
निर्देशक : रियान कूगनर
कलाकार : चाडविक बोसम्यान, माइकल बि जोर्डन, लुपिता न्योङ, डानिया गुरिरा, मार्टिन फ्रिम्यान आदि ।
२९ जनवरी २०१८ मा प्रदर्शन भएको फिल्म ‘ब्ल्याक प्यान्थर’ यो वर्ष सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीको दोस्रो स्थानमा छ । यो एउटा अमेरिकी सुपरहिरो फिल्म हो, जुन मार्वल कमिक्सको यही नामको चरित्रमा आधारित छ । यो फिल्मले १३ अरब डलर आम्दानि गर्न सफल भएको छ ।
जुरासिक पार्क : फलेन किङ्डम
निर्देशक : जे ए बायोना
कलाकार : फ्राङ्क मार्शल, प्याट्रिक क्रोली, बेलेन एटिन्जा आदि
२२ जुन २०१८ मा प्रदर्शन भएको यो एउटा अमेरिकी साइन्स फिक्सन एड्भेन्चर फिल्म हो । सन् २०१५ मा प्रदर्शन भएको जुरासिक पार्कको यो सिक्वेल फिल्म यही श्रृंखलाको पा“चौं फिल्म हो । यो फिल्मले १३ बिलियन डलर आम्दानी गर्न सफल भएको छ ।
इन्क्रिडिबल्स– २
निर्देशक : ब्रान्ड विर्ड
कलाकार : क्राइग टी नेल्सन, होली हन्टर, सराह भोवेल, हङ्क मिल्नर, समुइल एल ज्याक्सन आदि ।
१५ जुन २०१८ का दिन विश्वव्यापी प्रदर्शन भएको यो अमेरिकन थ्रीडी कम्प्युटर एनिमेटेड सुपरहिरो फिल्म हो । यो फिल्मले १२ बिलियन डलर आम्दानि गर्न सफल भएको छ ।
भेनम
निर्देशक : रुबेन फ्लेस्चर
कलाकार : टम हार्डी, माइकल विलियम, स्कट हेज, रिज अहमद, रेड स्कट आदि
१ अक्टोबर २०१८ मा प्रदर्शन भएको फिल्म ‘भेनम’ यो वर्ष सर्वाधिक आम्दानि गर्ने फिल्मको पा“चौं स्थानमा पर्न सफल भएको छ । यो फिल्मले ८ सय ५४ मिलियन डलर आम्दानि गर्न सफल भएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...