डा.केसीले आजदेखि सत्याग्रह थाल्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीले आज दिउँसो सम्ममा पनि माग पूरा नभए आर्ज दिउँसो ४ बजेदेखि १६ औं सत्याग्रह इलामबाट थाल्ने चेतावनी दिनु भएको छ । डा.केसीले संघीय संसद्को संसदीय उपसमितिलाई बिगतमा गरेको सम्झौता कार्यन्वयन गर्न दिएको समय आज सकिँदैछ ।
संसदीय उप समितिले १५ औं सत्याग्रहको उपलब्धी स्वरुप राज्यसंग भएको सहमति लत्याएकाले इलामबाट १६ औं सत्याग्रह सुरु गर्ने हिजो इलाममा सञ्चारकर्मीसंग बताउनु भएको हो । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसंग मात्र सम्वन्धित नरहेर भ्रष्टचार र कुशासनको बिरुद्धमा हुने डा.केसीको भनाइ छ ।
यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा.केसी पुष १७ देखि सत्याग्रह बस्न इलाम पुग्नु भएको थियो । तर संसदीय उप समितिले २ दिनको समय माग गरेपछि केसीले उल्टै समितिलाई सात दिनको समय दिनु भएको थियो आफूले दिएको समय सकिन एकदिन बाँकि हुँदा पनि माग पूरा गर्ने छाटकाँट नदेखेपछि पुनः सत्याग्रहकालागि डा।केसी मंगलबार इलाम पुग्नु भएको हो । सत्याग्रहका लागि जुनसुकै स्थल पनि हुनसक्ने डा.केसीको भनाइ छ ।

माफियाको पक्षमा नै स्वास्थ्य ऐन बन्ने देखिएकाले आन्दोलनलाई निरन्तरता दिनुको विकल्प नभएको केसीको भनाई छ । समितिले पुर्नविचार गरेर सम्झौता अनुरुप हाउसमा पेश गरे अझै केहि समय पर्खन सकिने केसीको भनाइ छ । सरकारले जनअपेक्ष अनुरुप काम नगरेको आरोप लगाउंदै डा।केसीले आफ्नो आन्दोलन समग्र निम्न बर्गियको स्वास्थ्य उपचार र स्वास्थ्य क्षेत्रको अध्ययन गर्न चाहने विद्यार्थीका लागि भएको भनाई थियो ।

१५ औं पटक जुम्लामा २७ दिन आमरण अनशन बस्नु भएका केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राख्नु भएको छ । गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो ।