क्यान्सर पिडित समिक्षाको सहयोगार्थ संसारभरि बाट आर्थिक सहयोग !

उज्ज्वल भबिष्यको सपना बोकी करिब साढे दुइ बर्ष अगाडी उच्च सिक्षाका लागि अस्ट्रेलिया झरेकि नेपालको धादिंग निवाशी २५ बर्षीय समिक्षा अधिकारी हाल सिड्नीस्थित आरपीए(RPA) हस्पिटलमा आफ्नै जीवन संग संघर्ष गर्दै छिन् |
गत डिसेम्बेरमा पेटको ठुलो आन्द्रामा लाग्ने क्यान्सर (कोलोन क्यान्सर) को लक्षण देखापरेपछि उनलाई उपचारार्थ भर्ना गर्नुपर्ने अवस्था आएको हो | उनि करिब ३ हप्ता अगाडी देखि आवस्यक उपचारको लागि हस्पिटलमा भर्ना भएकी छन् भने करिब दुइ हप्ता अगाडी सम्पन्न पहिलो शल्यक्रिया सफल भएको जानकारी परिवार श्रोतले जनाएको छ |
पहिलो सफल अपरेशन पश्चात समिक्षाको जीवनमा एउटा नया आशा पलाएको आभास मिलेको छ| तर पूर्ण स्वास्थ्य लाभका लागि उनले आगामी दिनमा उपचारका थुप्रै चरणहरु पार गर्नु पर्ने देखिन्छ |
प्रवासको विद्यार्थी जीवन त्यसमा पनि आफै बिमारी परेपछि पिडित र घर परिवारमा आइपर्ने अकल्पनीय शाररिक, मानसिक तथा आर्थिक पिडाको बयान सब्दमा के नै गर्न सकिन्छ र, कामना गरौ यस्तो बिपत्ति कसैलाई पनि नपरोस !
प्रवासमा दुख पर्दा जुट्ने र एक अर्कालाइ सक्दो सहयोग गर्ने हामि नेपालीहरुको परम्परा नै छ | समिक्षाको सर्रिरिक पिडामा त हामि कसैले साझेदारी गर्न सकेनौ तर उन माथि परेको आर्थिक भारलाइ सहज गर्नका लागि नारि निकुज्ज अस्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीको अगुवाईमा एक अर्थ संकलन अभियान संचालन भएको छ | गत जनवरी १ देखि सुरु गरिएको “गो फण्ड मि” (gofundme) अभियानको १० दिन मा करिब २८ हजार अस्ट्रेलियन डलर जम्मा भैसकेको छ | अस्ट्रेलिया, नेपाल, मध्यपूर्व, यूरोप देखि अमेरिका सम्मका मनहरु समिक्षा सहयोग अभियानमा जुटेको जानकारी संयोजक प्रतिज्ञा अधिकारीले नेपाली टाइम्सलाइ बताइन |
समिक्षाको उपचार आवधि लामो र चुनौतीपूर्ण हुन सक्ने देखिएपछि आवस्यक हेरचाहका लागि हाल उनकी आमा साथमा हुनुहुन्छ | प्रवासमा मिलेर बसेको नेपाली समुदायबाट यस दुखद घडीमा प्राप्त सहयोग र सद्भाव प्रति समिक्षा का परिवार अत्यन्तै आभारी छ |
सेवा नै धर्म हो, सक्नेले सानो सहयोग गरौ नसक्नेले उनको शिघ्र स्वस्थलाभका लागि प्रार्थना गरौ र समिक्षालाइ माया र हौसला दिउ” भन्दै सहयोगका लागी सबैलाइ हार्दिक अपील गरिएको छ । तलको लिंक क्लिक गरी सहयोग गर्न सकिनेछ। https://www.gofundme.com/support-samiksha-adhikari?
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...