लक्की शेर्पाले छिट्टै राजीनामा दिने सरकारको विश्वास

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा दिन सुझाइएकोले केही दिनमै निकास दिने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बाँस्कोटाले १/२ दिनभित्रै शेर्पाले उचित निकास दिने बताएका हुन् ।

मन्त्री बास्कोटाले भने, ‘उहाँ कूटनीतिक व्यक्ति मात्र होइन राजनीतिक आवद्धता पनि भएकाले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्षले पनि गम्भीर रुपमा लिनु भएको छ र निकास दिन भनिएको छ । उहाँले एकदुई दिनमै काम गर्नुहुन्छ होला ।’