अष्ट्रेलियामा पहिलो पटक थारु समुदायले मनाए माघीपर्व (भिडियो सहित)

अष्ट्रेलियामा थारु समुदायले पहिलो पटक धुमधामसँग माघी पर्व मनाएका छन् । अध्ययन र रोजगारको सिलसिलामा अष्टे«लियामा रहेका थारु समुदायले बुधबार सिड्नीस्थित टेम्पे पार्कमा माघी पर्व मनाएका हुन् । अष्टे«लियाका विभिन्न शहरमा करिब ३ सयको हाराहारीमा थारु समुदायको वशोवाश रहेको अनुमान गरिएको छ । 
गत अगस्टमा थारु सोसाइटी सिड्नी अष्टे«लिया मार्फत एकिकृत भएका उनीहरुले संस्था स्थापना भएको छोटो अवधीमै विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । माघी पर्व मनाउनका १ सय ५० भन्दा बढी थारु समुदायका साथै तीनसय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

माघी पर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद पद्मनारायण चौधरीले देशको विकासमा आदीबासी जनजातिहरुको भूमिकालाई राज्यले उपेक्षा गर्न नमिल्ने बताए । ‘सरकारले माघी पर्वमा बिदा दिएका छैन, हामीले यसबारे सांसदमा कुरा पनि उठाएको छु’, उनले भने, ‘पारिवारिक भेटघाटको क्रममा यहाँ आएको बेला यो कार्यक्रममा सहभागि हुने अवसर पाएकोमा धेरै खुशी लागेको छ ।’ कार्यक्रममा थारु समुदायको कला सँस्कृति झल्कने पहिरन, परम्परागत परिकार, छेङ लगायतको व्यवस्था गरिएको थियो । थारु कलाकारहरुले आफ्नो भाषाका गीतमा नृत्य पस्केका थिए ।

कार्यक्रममा आदिबासी जनजाति महासंघ अष्टे«लियाका अरुणकुमार तामाङले नेपालका आदिबासी र अष्टे«लियाका आदीबासीमा कुनै विभिन्नता नभएको उल्लेख गरे । ‘तर, उहाँको राज्यले आदीबासीलाई उचित सम्मान र स्थान दिएको छ, तर हाम्रो मुलुकमा अझै त्यो वातावरण बनेको छैन’, उनले भने । थारु सोसाइटी सिड्नी अष्टे«लियाका अध्यक्ष दिप नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नन्द गुरुङ, आदीबासी जनजाति सम्बद्ध जातीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कार्यक्रमका विभिन्न श्रेणीका प्रायोजक संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

टिएसएसएका पब्लिक अफिसर अरुण कुमार चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सोफिया चौधरी र सुनम चौधरीले गरेकी थिइन् । ‘हामीले जति सक्यौँ राम्रो गर्ने प्रयास गरेका छौँ, यो हाम्रो पहिलो प्रयास हो’, पब्लिक अफिसर चौधरीले भने, ‘आगामी दिनमा संस्थाले अन्य कार्यक्रमहरु पनि आयोजना गर्ने योजना बनाएको छ ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...