जीवन उत्थान बालगृहको सहयोगार्थ च्यारिटी गाला डिनर सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लालितपुर जिल्ला फर्पिंग स्थित जीवन उत्थान बालगृहको सहयोगार्थ सिड्नीका नेपाली युवाहरुको संस्था “काठमाडौँ युथ” को आयोजनामा “जीवन उत्थान अस्ट्रेलिया च्यारिटी गाला डिनर” सम्पन्न भएको छ | करिब ३५० भन्दा धेरै सहभागी यस फण्डराइजिंग गाला डिनर यहि जनवरी १२ शनिबार साँझ हर्स्टभिलको मराना अडिटोरियममा आयोजना गरिएको थियो |

समाजसेवी, सीएनएन हिरो २०१०, माइती नेपाल कि संस्थापक तथा बर्तमान प्रदेश नम्बर ३ प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथ्यमा आयोजना गरिएको यस बिशेष गाला डिनर अनुराधा कोइरालाको स्वस्थस्थितिका कारण उपस्थित हुन नसके पछि नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्रि तथा संसद माननीय गगन थापाको प्रमूख आतिथ्यमा सम्पन्न भएको थियो |

साँझ करिब ७ बजे देखि अबेर सम्म आयोजित कार्यक्रममा पेन्टर कृष्णको २ ओटा आर्ट र इन्डियन क्रिकेटर महेन्द्र सिंह धोनीले हस्ताक्षर गरेको ब्याटहरुको पनि अक्शन गरिएको थियो जसबाट करिब १५०० अस्ट्रेलियन डलर संकलन भएको थियो |

कार्यक्रममा माइती नेपालका अध्यक्ष विश्व राम खड्काले माइती नेपालको सामाजीक अभियानमा प्रवाशी नेपालीहरुको सहयोगको प्रसंशा गरे | त्यस्तै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले राज्यको उचित ध्यान नपुग्दा अनाथ  बालबालिका हरुले दुख पाएको  सामाजिक संजालमा देख्दा आफु मर्माहित भएको बताउदै जीवन उत्थानले चालेको अभियानमा आफु पनि सहभागी बन्ने बचन दिए | नारी निकुन्ज अस्ट्रेलिया कि संयोजक प्रतिज्ञा अधिकारीले अनाथ बालबालिका हरुको सहयोगका लागि लामो समय देखि काम गरेको जीवन उत्थान अस्ट्रेलिया टिमको प्रसंशा गर्दै नेपालमा थुप्रै समस्या छन् जहाँ सरकारको ध्यान पुग्न नसकेको अवस्थामा यस्ता समाजसेवी संस्थाको भूमिका महत्वपूर्ण हुने बताइन |

प्रमूख अतिथिको  अशानबाट बोल्दै सांसद माननीय गगन थापाले देशले हाल संघिय गणतन्त्र नेपालको संबिधान र दुइ तिहाई बहुमतको स्थाई सरकार पाएकोले अबको हाम्रो ध्यान सम्वृद्धि तर्फ जाने छ | युवाहरु विदेशिने यो बहाव हामिले रोक्नै पर्छ, हाम्रा युवाहरुको पसिना नेपाल मै भिजाउने असव्रर निर्माण गर्ने हामीले ढिलाई गर्नु हुदैन| बिबिध कारण ले बिदेशिएका नेपाली हरु र तिनीहरुका आगामी पुस्ता हरुलाइ पनि नेपाल संग जोड्न र आत्मियता बढाउन नया संबिधानमा एनआरएन नागरिकताको व्यवस्था गरिएको चर्चा माननीय थापाले गरे |

सन् २००३ मा बिमाया तामांगले स्थापना गरेको जीवन उत्थान बालगृहमा हाल ४२ बालबालिका हरु छन् | जीवन उत्थान अस्ट्रेलियाले यस बालगृहलाइ बार्षिक करिब २० लाखको दरले बिगत ४ बर्षदेखि सहायोग गर्दै आएको छ | करिब ७० जना सदस्य रहेको जीवन उत्थान अस्ट्रेलियाले बर्षको २ ओटा यस्ता कार्यक्रम आयोजना गरि आगामी दिन हरुमा दुखि, अनाथ, असहाय बाल बालिका हरुलाई सहयोग गर्ने जनाएको छ |  यस पटकको गाला डिनरबाट संकलित रकम  बाल गृहका थप कक्षाकोठाहरु निर्माण गर्ने जानकारी अध्यक्ष पासांग शेर्पाले नेपाली टाइम्सलाई बताए |

काठमाडौँ युथ का उपाध्यक्ष्य समेत रहेका जीवन उत्थान अस्ट्रेलियाका अध्यक्ष पासांग शेर्पाले गाला डिनरलाइ सभ्य, भब्य र ब्यबस्थित बनाउन अहोरात्र खट्ने मनिश कोइराला, काठमाडौँ युथका सदस्यहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु, प्रायोजकहरु, मिडिया तथा सबै सहभागी हरुप्रति हार्दिक आभार ब्यक्त गरे |