प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जांदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डावोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

जनवरी २२ देखि २५ सम्म हुने बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।  ४९ औँ वार्षिक बैठकका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा लगायत छन् । प्रधानमन्त्री जनवरी जनवरी २६ का दिन स्वदेश फर्कने कार्यक्रम छ ।