अष्ट्रेलियामा छन्त्याल समुदायले मनाए छारम्हेङ

अष्ट्रेलियामा छन्त्याल समुदायले माघेसंक्रान्ति पर्व एवम् सोही दिनबाट सुरु भएको छारम्हेङ (नयाँ बर्ष) भव्य रुपमा मनाएका छन् । छन्त्याल परिवार अष्टे«लिया (सीपीए)ले शनिबार सिड्नीको रक्डेलमा शुभकामना आदानप्रदान र विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेर छारम्हेङ र माघेसंक्रान्ति पर्व एकसाथ मनाएका हुन् । सीपीएका अध्यक्ष पदम घरब्जा छन्त्यालको अध्यक्षता सम्पन्न कार्यक्रममा अध्ययन र रोजगारका सिलसिलामा सिड्नी आसपास रहेका करिब ३ सय छन्त्याल समुदायको सहभागिता थियो । कार्यक्रमबारे जानकारी गराउँदै अध्यक्ष छन्त्यालले माघेसंक्रान्ति र छारम्हेङ आफूहरुको महत्वपूर्ण चाड भएको बताए ।
‘प्रवासमा आफ्नो जातीय कला संस्कृतिक परम्परालाई जोगाउन हामीले बर्षेनी यस्तो कार्यक्रम गर्दै आएका छौँ, जसलाई यसबर्ष पनि निरन्तरता दिएका हौँ’, उनले भने, ‘यसले हामीमा आत्मीयता बढाउने कार्य गरिरहेको छ ।’ सीपीएले विशेष पर्वहरु मनाउनुका साथै छन्त्याल समुदाय भित्र विभिन्न किसिमका अभियानहरु सञ्चालन गरिरहेको छ । ‘हामीले छन्त्याल समुदायको बाहुल्य वशोवाश रहेको म्याग्दीको रघुगंगा–८ दुलेखर्कस्थित रितुङ माविको पुर्ननिर्माण अभियानलाई सघाउन आर्थिक संकलन कार्य पनि गरिरहेका छौँ’, अध्यक्ष छन्त्यालले भने । उक्त विद्यालय गत भदौमा रघुगंगा नदीमा आएको भीषण बाढीका कारण डुवानमा परेको थियो । विद्यालयका भवन तथा शौचालयहरु क्षतिग्रस्त हुँदा विद्यार्थीहरु अस्थायी टहरामुनी अध्ययन गर्न बाध्य छन् ।
कार्यक्रममा प्रायोजकहरु डिबी रेमिटका सञ्चालक दिपेन्द्र भण्डारी र बोध छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए डिवी रेमिटका सञ्चालक भण्डारीले छन्त्याल परिवार अष्टे«लियाको भबिलब टिमलाई समेत बार्षिक रुपमा सहयोग गर्दै आएका छन् । कार्यक्रममा लोकगायक भविन्द्र छन्त्याल लगायतका कलाकारहरुले भरपुर साँगेतिक मनोरञ्जन प्रदान गर्नुका साथै छन्त्याल परिवारका साँस्कृतिक समूहका कलाकाहरुले सालैजो, कौडा लगायत साँस्कृतिक महत्व झल्कने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिब लोकेन्द्र छन्त्याल र कोषाध्यक्ष सँगीता छन्त्यालले गरेकी थिइन् । अष्टे«लियाको सिड्नीका साथै मेलवर्न, पर्थ, क्यानेवरा लगायतका प्रमुख शहरमा गरि ६ सय भन्दा बढी छन्त्याल समुदाय रहेको सीपीएले जनाएको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...