काष्ठमण्डप पुनःनिर्माणको काम हुँदै

काठमाडौँ- काष्ठमण्डप पुनःनिर्माणको काम सन्तोषजनकरुपमा अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म १२ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो ।
अध्यक्ष शाक्यले भन्नुभयो, “निर्माणका लागि अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ ।” पुनःनिर्माणको जानकारी गराउँदै अध्यक्ष शाक्यले महानगरबाट प्राप्त भएको रु पाँच करोड ५० लाखमध्ये अहिलेसम्ममा रु एक करोड २२ लाख खर्च भइसकेको पनि जानकारी दिनुभयो । यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा रहेको बताइएको छ ।
गार्खा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख अरुणा नकर्मीले काष्ठमण्डप सातौँ शताब्दीको हो भन्ने प्रमाणित भएको बताउँदै सम्पदाको मर्मत र उपयोगमा सावधानी नअपनाउँदा काठमाडौँले भूकम्पबाट व्यहोरेको क्षतिलाई सिकाइका रुपमा हेरिनुपर्ने बताउनुभयो ।
सम्पदा पुनःनिर्माणका समग्र प्रगतिलाई हेर्दा काष्ठमण्डपको प्रगति सन्तोषजनक छ । यसबाट अन्य सम्पदा पुनःनिर्माण गर्न पनि पाठ सिक्नुपर्ने संस्कृतिविद् प्राडा सुदर्शनराज तिवारीले भनाइ राख्नुभयो ।
गत वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिसकिएको छ । संरचनाविद् पे्रमनाथ मास्केले परम्परागत नेपाली शैलीमा निर्माण हुने यस सम्पदा उत्कृष्ठ हुने धारणा राख्नुभयो ।
काष्ठमण्डपका झ्यालहरु निर्माण गर्नका लागि काठको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
डकर्मी समूहलाई बोलाइ काष्ठमण्डपको जगको गारोको साइटको जाँचबुझ गर्ने काम शुरु गरिएको छ । तेस्रो घेराको गारोको पनि तह मिलाउन केही सल निकाली तह मिलाई पुनःजोडाइ गर्ने काम हुँदैछ । काष्ठण्डपको मूल थाम, निदाल तथा अन्य थामका लागि नयाँ काठ आइपुगेको छ । सिकर्मी समूहबाट थामको तयारी गर्ने काम पनि शुरु गरिएको छ ।
समितिले जानकारी दिएअनुसार इँटा ल्याउने क्रम जारी नै छ । अहिले ठूला काठ ल्याउने काम हुँदैछ भने आउँदो माघ १५ गतेसम्ममा काष्ठमण्डपका मुख्य चारवटा थाम उठाइसक्ने लक्ष्य छ । काष्ठमण्डप ऐतिहासिक सम्पदा भएकाले निर्माणका क्रममा प्रत्येक चरणको जानकारी राख्नुपर्ने र सम्पदालाई लामो समयसम्म बाचाइराख्न समय समयमा तीनको मर्मतसम्भार गर्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...