रुमालै छ चिनो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

भारत र पाकिस्तानको युद्धमा भारतका तर्फबाट लड्ने वीर गोर्खालीहरूको कथामा आधारित फिल्म रुमालै छ चिनो निर्माण भएको छ । निर्माण टिमले ट्रेलर, पोस्टर सार्वजनिक गर्दै फिल्मका बारेमा उक्त जानकारी गराएको हो । फेब्रअरी २२ का दिन मिति घोषणा गरिएको फिल्मको  ट्रेलरमा एक गोर्खाली युवकको बहादुरी देखाइएको छ । सुशान्त कार्की तथा अप्साना थापाले मुख्य भूमिका निर्वाह गरेको यो फिल्मका निर्देशक दिनेश सिंह ठकुरी हुन् ।