नेविसङ्घ नेता कार्यकर्ता घाइते

काठमाडौँ- संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ ।
सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको र काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिएको भन्दै नेविसङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको थियो । सो क्रममा २५ भन्दाबढी आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अधिकारीले उनीहरुको विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर एक महिला घाइते भएको र अन्य घटना नभएको जनाएको छ । प्रदर्शनमा उत्रिएका केहीलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
रिहाइ गर्न माग
नेपाल विद्यार्थी सङ्घले आन्दोलनका लागि थुनामा पु¥याइएका विद्यार्थीलाई रिहा गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले आज एक विज्ञप्ती जारी गरी चिकित्सा शिक्षा विद्येयक संसदले जवरजस्ती रुपमा पारित गरेको विरोधमा आन्दोलनका क्रममा थुनामा पु¥याइएका विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गर्नुभएको हो ।
आज दिउँसो माइतीघरबाट आन्दोलनका क्रममा नेविसङ्घका एकदर्जन नेतालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बानेश्वर पु¥याएको थियो । “थुनामा राखिएका विद्यार्थी नेतालाई चार घण्टाभित्र रिहाई नगरे हामी देशव्यापी आन्दोलनमा जान्छौँ,”–अध्यक्ष महरले भन्नुभयो ।
यस्तै आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते हुनुभएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...