दीपक मनाङ्गेले लिए सपथ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पोखरा- दिपक मनाङ्गेको नामले परिचित राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई सपथ खुवाएका हुन् ।
मनाङ्गे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन नपाएका उनले सोमबार सपथ लिने भएका हुन् ।

उनी आठ महिना जेल पनि बसेका थिए ।