नेपाल बार अध्यक्षमा केसी, महासचिवमा खाती सहित २० पदमा लोकतान्त्रिक विजयी
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा काँग्रेस निकटका कानुन व्यवसायीहरुको प्यानल लोकतान्त्रीक समुहरुका मुख्य पद सहित अधिकाँश उम्मेदवारहरु निर्वाचित भएका हुन्। लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा शेर बहादुर केसी र महासचिवमा खम्म बहादुर खाती सहित २० पदमा विजयी भएका छन। लोकतान्त्रिक प्यानलले सत्तारुढ गठवन्धनका सवै पार्टीको संयुक्त प्यानललाई पल्टाएको हो।
केसीले आफ्ना निकट विजयकान्त मैनाली १८३ मतले पछि पादै बिजय भएका हुन् । केसीले ३ हजार ७ सय ९८ मत पाएका छन भने मैनालीले ३ हजार ६ सय १५ मत पाएका छन् । केसी प्रजातान्त्रिक समूह र मैनाली प्रगतिशिल समूहबाट चुनावी मैदानमा उत्रिएका थिए ।
यस्तै महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै बिजय भएका छन् । महासचिवमा खम्मवहादुर खातीले ३ हजार ६ सय २४ मत ल्याई विजय भएका हुन् भने उनका प्रतिद्धन्दि दिनमणि पोखरेलले ३ हजार ४ सय ५५ मत पाएका छन् । भने कोषाध्यक्षमा ज्ञानरत्न शाक्यले ३ हजार ४ सय ६७ मत ल्याई बिजय भएका छन भने उनका प्रतिद्धन्दि हरिवहादुर खड्काले ३ हजार ३ सय ७० मत पाएका छन् ।
यस्तै नवनिर्वाचित अध्यक्ष केसीले बारले अव स्थायी प्रतिपक्षको भूमिका निभाउने बताउनु भएको छ । विजय भएपछि संचारकर्मीसंग बोल्ने उहाले सरकारसंग स्थायी प्रतिपक्षको भूमिका निभाउने बताउनु भएको हो । उनले निर्वाचनमा पराजित हुनुभएका मैनालीसंग मिलेर आफूले काम गर्ने समेत बताउनु भयो ।लोकतान्त्रिक प्यानलबाट मदनकुमार खड्का पूर्वाञ्चलबाट, विनय सिंह मध्यमाञ्चलबाट, मोतिराज गौतम उपत्यकाबाट, घनश्याम पन्त पश्चिमाञ्चलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। मध्यपश्चिमबाट रेवतीरमण भट्टराई र सदुरपश्चिमबाट गंगाराम पाध्या उपाध्यक्षमा पराजित हुँदा संयुक्त प्यानलका उमेद्वार निर्वाचित भएका छन्। महिला उपाध्यक्ष शान्ता सेढाई पराजित हँदा संयुक्तकी उषा मल्ल पाठकले जितेको अधिवक्ता बाबुराम अर्याले जानकारी दिए।
कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट ज्ञानरत्न शाक्य विजयी हुँदा समावेशी सदस्यहरुमा श्याम कुमार विश्वकर्मा, अनिल कुमार शाह, रमणकुमार कर्ण, अस्मिन कुमार राई, हरिनारायण चौधरी, इन्दु कोइराला, सानुमैया महर्जन, पद्म बहादुर शाही निर्वाचित भए।
खुल्ला सदस्यतर्फ ज्ञानेन्द्र प्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्ण प्रसाद पनेरु, इन्द्र बहादुर अधिकारी लोकतान्त्रिकबाट निर्वाचित हुँदा शुकदेव काफ्ले र खड्ग बहादुर बुढाथोकी पराजित भए। काफ्ले र वुढाथोकी पराजित हँदा विष्णुमाया भुसाल र कृष्ण आङदेम्वेले जीतेको छन्
बारको नयाँ नेतृत्वका लागि लोकतान्त्रीक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकोमा लोकतान्त्रीक समुहमा काँग्रेस निकटका कानुन व्यवसायीहरु छन भने प्रगतिशिल समुहमा एमाले, सवै माओवादी, अन्य साना कम्युनिष्ट घटकहरु र मधेशी दल निकटका कानुन व्यवसायीहरु रहेका छन्।
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...