नेपाल चिकित्सक संघको रिले अनसनप्रति आपत्ति

काठमाडौं– त्रिभुवन शिक्षण अस्पतालले नेपाल चिकित्सक संघको रिले अनसनप्रति आपत्ति जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कुमार खड्गाले जारी गरेको विज्ञप्तिमा संघले हिजोदेखि शूरु गरेको रिले अनसन प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
उहाँले विज्ञप्ति जारी गर्दै अस्पताल परिषरमा हुने अनसन, रिले अनसन, विरोध प्रदर्शन जस्ता कार्यले स्वास्थ्यपोचारमा सुविधा प्रदान गर्न समस्या हुने तर्फ ध्यानाकर्षण गराउनु भएको छ । अस्पतालमा कुनैपनि धर्ना, विरोध, बन्द हड्ताल जस्ता कार्य नगरीदिन पनि उहाँले आग्रह गर्नु भएको छ । चिकित्सकिय नैतिक दायित्व अनुरुप सेवा प्रदान गर्न पनि उहाँले विज्ञप्ति मार्फत आग्रह गर्नु भएको छ । यसैबीच अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई दबाब स्वरुप नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकले आजदेखि रिले अनसन शुरु गरेका छन् । पहिलो दिन आज डा केसी अनसन बसेकै स्थलमा बिहान १० देखि बेलुका ५ बजेसम्म संघमा आवद्ध चिकित्सकहरु रिले अनसन बसेको संघका वरिष्ठ उपाध्याय ढुण्डीराज पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...