भेनेजुएलाका बारेमा आयो सरकारी धारणा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमको बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ( ुभेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली रहेको छ । देशको आन्तरिक राजनीतिक समस्या बाह्य हस्तक्षेपबाट स्वतन्त्र रही संवैधानिक परिधिभित्र बसेर प्रजातान्त्रिक मान्यताका आधारमा समाधान गरिनु पर्छ भन्ने नेपालको विश्वास छ ।ु

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुयलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।