डा. केसीका माग सम्बोधन गर्न आग्रह

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ ।
सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाइ ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्रा.डा. केसीले १६ औँ अनशन शुरु गर्नभएको थियो । हाल सो विधेयक प्रतिनिधिसभाबाट पारित भैसकेको छ ।
प्रा.डा. केसीले अनशन शुरु भएको आज २३ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा. केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् । पूर्वप्रन्या कार्कीले शिक्षण अस्पतालमा डा. केसीलाई भेटगरेपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै चिकित्सा शिक्षा सुधारका लागि प्रा. डा. केसीले उठान गर्नुभएको विषय वस्तुमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।
अर्का पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मङ्गलवार डा.केसीलाई भेट गर्नुभएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. केसीले उठान गर्नुभएका माग विधेयकमा सम्बोधन भैइसकेको बताउँदै आउनुभएको छ ।
अर्काेतर्फ प्रा.डा. केसीको जीवन रक्षा र उनले उठान गरेका मागमा ऐक्यबद्धता जनाउँर्दै नेपाल चिकित्सक सङ्घले रिले अनशन जारी राखेको छ । शिक्षण अस्पताल प्रशासनले अस्पताल हातभित्र अनशन, रिले अनशन तथा विरोधका कार्यक्रम नराख्न तथा नगर्न स्वास्थ्यकर्मीमा आग्रहसमेत गर्दै आएको छ ।
यसैबीच विभिन्न पेशागत सङ्घले अनशनरत् प्रा.डा. केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गरेका छन् । पेशागत सङ्घका तर्फबाट प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गर्नुभएको हो ।
यसरी माग गर्ने पेशागत सङ्घमा नेपाल डेमोक्रेटिक प्राध्यापक सङ्घ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर नेपाल, नेपाल शिक्षक सङ्घ, नेपाल स्वास्थ्यकर्मी एशोसिएशन , डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासङ्घ, नेपाल सांस्कृतिक सङ्घ, त्रिविवि प्राध्यापक सङ्घलगायत रहेका छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...