नेपाल फर्किइन् राजदूत शेर्पा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्केकी छन् । ‘मानव तस्करी’ जस्तो जघन्य अपराध गरेको आरोप लागेका शेर्पामाथि सरकारले लामो समय लगाएर अनुसन्धानपछि बर्खास्त गर्ने निर्णयमा पुगेपछि उनी दुई हप्ताअघि क्यानेवरा आएकी थिइन् । उनी बुधबार राति सपरिवार स्वदेश फर्केकी हुन् । सरकारले उनलाई दुई साताभित्र व्यवस्थापन सकेर फर्कन निर्देशन दिएको थियो। उनले काठमाडौं पुगेर परराष्ट्र मन्त्री समक्ष राजीनामा पत्र बुझाउने बुझिएको छ ।
दुई साता क्यानवेरा बसाँईका क्रममा राजदुत शेर्पाले राजदुतावासको कुनै पनि कार्यक्रम र काममा सहभागिता जनाएकी थिइनन् । विवादमा परेपछि शेर्पाले एक महिना नेपाल बसेर प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफूबारेका आरोपको सफाइ दिएकी थिइन्। उनका सवारी चालक वाङचु शेर्पाले पैसा लिएर अस्ट्रेलिया ल्याएको र अन्यलाई पनि यसरी नै ल्याउने गरेको आरोप लगाएपछि राजदुत माथि छानविन अघि बढेको हो । शेर्पा माथि आरोप लागेपछि विगतका नजिरका आधारमा उनलाई बर्खास्त गर्न सरकारलाई चर्को दबाब परेको थियो । प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत विज्ञप्ति जारी गर्दै राजदुत फिर्ता र निस्पक्ष छानविनको माग गरेको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...