रश मिडियाले मन मगनमार्फत गायक दीपक बज्राचार्यलाई कन्सर्टमा उतार्दै

काठमाडौं– लोकप्रिय गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने एउटा वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन् । पछिल्लो समय लोकप्रिय भएको उनको गीत ‘मन मगन…’ लाई शीर्षक राखेर आयोजक संस्था रश लाइट मिडिया ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर-२०७५’ शीर्षकको एकल गायन कार्यक्रम आयोजना गर्न लागेको हो ।
आयोजक संस्थाले एउटा प्रेस विज्ञप्ती जारी गर्दै आगामी माघ २६ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा यो विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त सांगीतिक कार्यक्रममा गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।
आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीका अनुसार मन मगन टुर भक्तपुरसंगै देशका प्रमुख शहरहरुमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख शहरमा आयोजना हुने ‘मन मगन’ यात्रापछि यही कार्यक्रमलाई अमेरिका तथा क्यानडाका प्रमुख शहरहरुमा समेत सञ्चालन गरिने छ । अमेरिका र क्यानडाको सांगीतिक कार्यक्रममा पनि दीपक बज्राचार्य तथा रिदम ब्याण्डले संयुक्त रुपमा आफ्नो प्रस्तुती दिने छन् ।
करिव साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार हुन् दीपक बज्राचार्य । नेपाली कला र संस्कृतिलाई संगीतको माध्यमबाट प्रवद्र्धन गरिरहेका गायक बज्राचार्यले आफ्नो सांगीतिक करियरको क्रममा दर्जनौं लोकप्रिय गीत–संगीत नेपाली दर्शक तथा स्रोताका लागि दिइसकेका छन् । काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीयेसहित उनका दर्जनौं गीत लोकप्रिय छन् ।
पछिल्लो समय उनी आफ्ना नयाँ गीतका कारण पनि दर्शकमाझ अत्यन्त लोकप्रिय छन् । मन मगन…उनको पछिल्लो अत्यधिक सफल तथा लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । त्यसैकारण गायक बज्राचार्यले उक्त गीतलाई विभिन्न भाषामा समेत गाएका छन् ।
माघ २६ गते शनिवारको कार्यक्रममा गायक दीपक बज्राचार्य तथा रिदम ब्याण्डको प्रस्तुतीसहित वर्ल्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जन पनि प्रमुख आकर्षणको रुपमा रहने छन् । समारोहमा आयोजक संस्था रस मेडियाले महेश्वरलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशीसहित सम्मान गर्ने कार्यक्रम छ ।
कार्यक्रममा बाल गायिका समिक्षा अधिकारी पनि विशेष आकणको रुपमा रहने छिन् । भाइरल समिक्षाको रुपमा लोकप्रिय समिक्षा काठमाडौंमा पहिलो पटक लाइभ कन्सर्टमा प्रस्तुत हुन लागेकी हुन् । यसका साथै कार्यक्रममा रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग रागा तथा कपिल कसपालले पनि आफ्नो प्रस्तुती दिएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको उत्तराद्र्धमा डिजे तामाले आफ्नो उत्कृष्ट प्रस्तुतीमार्फत उपस्थित दर्शकहरुलाई नचाउने छन् ।
कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जित्ने निश्चित भएको आयोजक संस्थाको दावी छ ।
दिउसो १२ बजेदेखि प्रारम्भ हुने उक्त कार्यक्रममा फेसन शो अर्को आकर्षण रहने छ । फेसन शोमा सिनियर कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यवसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गर्नेछन् । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरिने छ ।
कार्यक्रमका लागि डिजि पे आधिकारिक डिजिटल पार्टनरको रुपमा रहेको छ भने नेट म्याक्स आधिकारिक इन्टरनेट पार्टनर हो । यो कार्यक्रमलाई थ्रि गो सस्टिनाबिलिटी इनोभेसन नेपाल, आर एण्ड आर ग्रुप्स भर्जिनिया, अमेरिका तथा एसएस इन्टरटेन्मेन्ट, ओन्टारियो, क्यानडाको सहकार्य छ भने राग रागिनी भक्तपुरको सहयोग छ ।
कार्यक्रम मध्यान्न १२ः३० बजेदेखि प्रारम्भ भएर राती ८ बजेसम्म चल्ने छ ।
पाच वर्षअघि स्थापना भएको आयोजक संस्था रश लाइट मिडियाले स्वदेश तथा विदेशमा गरी विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...