कुशाङ लिम्बुको “साँचो माया ” सार्बजनिक 

भिडियो सहित 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अष्ट्रेलियालाई कर्मथलो बनाएर संगित साधनालाई शोखको रुपमा लिएकी कुशाङ लिम्बुको नेपाली भाषाको गीत  ‘साँचो माया’ हालै सार्बजनिक भएको छ । पेशाले नर्स कुशाङ कुनै संगितको औपचारिक शिक्षा बिना नै मिठो गीत गाउँछिन । यस अगाडी लिम्बु भाषाको गीत र कभर गीतमा आफ्नो स्वर भरिसकेकी कुशाङको यस पटकको यो युगल गीतमा उनलाई २००५ का नेपाल तारा दिपक लिम्बुले साथ दिएका छन् । राज लाबुंगको शब्द र संगीतको ‘साँचो माया’ हालै म्युजिक भिडियो सहित हाइलाईट नेपालको ब्यानरमा युट्युब मार्फत सार्बजनिक भएको छ । बिशाल सेनेहाङ्ग लिम्बु र रितु लुम्बुको शसक्त अभिनय रहेको यस म्युजिक भिडियोलाई भेष बहादुर गुरुङ्गले निर्देशन गरेका हुन्।
यस अगाडी मंगोलियन हार्टका प्रसिद्द गयाक राजु लामा संग लिम्बु भाषाको “मिम मेट्नेरो” बोलको गीत गाइसकेकि कुशाङले सो बाहेक लिम्बु भाषा कै “नुरिकाङ्ग वाये मिम्जिमे” बोलको डान्स कभर गीतमा आफ्नो स्वर दिसकेकी छन्।
दिपक लिम्बु जस्तो स्थापित गयाक संग गीत गाउन पाउँदा आफुलाई निक्कै खुशी लागेको र आफुले “साँचो माया” गीतमा सक्दो मेहनत समेत गरेको द नेपाली टाईम्स अष्ट्रेलिया संगको कुराकानीमा गयिका कुशाङ लिम्बुले बताईन । सार्बजनिक भएको केहि दिनमा नै यसको भिवर संख्या देखेर आफु झनै उत्साहित भएको पनि लिम्बुले बताईन । नेपाली गीत संगीतलाई माया गर्ने सबै दाजु भाई दिदी बैनीहरु लाई आफ्नो यो प्रयासलाई एक चोटी सुनेर/हेरेर प्रबासमा रहेका सबै संगीत प्रेमीहरु प्रति माया दर्शाउन पनि गयिका लिम्बुले अनुरोध गरेकी छन्।
म्युजिक भिडियोको लागि –