तामाङ सोसाइटीले सोनाम ल्होछार मनाउदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
तामाङ सोसाइटी अफ एनएसडब्लुले हरेक बर्ष जस्तै आउने १६ फेब्रुवरि २०१९ का दिन Ashfield TownHall (260 Liverpool Road Ashfield) मा साँझ ५ बजे देखि सोनाम ल्होछार बिबिध कार्यक्रम सहित मनाउने तयारी गर्दैछ । बिगतका बर्षहरुमा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लाई निमन्त्रणा गरेर सोनाम ल्होछार मनाउदै गरिएको भए पनि यो बर्षको सोनाम ल्होछारमा भने स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको संस्थाका महासचिब अबिरल तामाङले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए । तामाङका अनुसार यस बर्षको सोनाम ल्होछार कार्यक्रमका लागि सिड्नीमा रहेका सबैका प्रिय कलाकारहरुको बिबिध प्रस्तुतिहरु रहनेछन् जसका लागि  सोसाइटीली संस्कृतिक प्रस्तुति र मनोरन्जनात्मक कार्यक्रमका लागि हरेक शनिबार र आइतबार नियमित रुपमा रिहर्सल भैरहेको छ।
यो बर्ष तामाङ समुदयले २८५५ औ सोनाम ल्होछार सुँगुर बर्ग अन्तर्गतको नयाँ बर्ष  मनाउदैछन । तामाङ संस्कृति, चालचलन, परम्परा र दैनिकी झल्किने विशेष प्रस्तुतिहरुले भरिपुर्ण हुने यस बर्षको कार्यक्रमलाई बिगतका सल्लाहा सुझाब अनुसार पर्मर्जित गर्दै लगिएको पनि आयोजकले जनाएको छ। संस्थाले तामाङ संस्कृतिलाई बचाउने प्रमुख एजेन्ड बनाएकोले त्यही अनुरुप सिङ्गो समुदयको चिनारी र संस्कृतिलाई निरन्तर रुपमा प्रमुखताका साथ अगाडि ल्याउने सबैको कर्तव्य भएको बताउदै सोसाइटीका अध्यक्ष सुन्दोर्जे तामाङले कार्यक्रम सबै नेपाली समुदायको उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन्।