कालिञ्चोकमा आज बिहानैदेखि हिमपात

दोलखा- दोलखाको कालिञ्चोकमा आज बिहीबार बिहानैदेखि हिमपात शुरु भएको छ । आज बिहान तीन बजेदेखि हिमपात भै रहेको स्थानिय सुनपाती होटलका प्रोपाईटर हरि ओलीले बताए ।
एक साता अघिको हिउँ पग्लन नपाउँदै आजदेखि पुनः हिमपात शुरु भएपछि कालिञ्चोकका होटल व्यवसायी र स्थानिय उत्साहित भएका छन् । लगातार हिमपात भएपछि कालिञ्चोकको गैरीबाट सवारी साधन माथि जान असहज भएको ओलीले बताए ।
बिहानैदेखि हिमपात भएकोले तलबाट पानी ल्याउन समेत कठिन भएको ओलीको भनाई छ । कालिञ्चोकमा अत्यधिक चिसोका कारण पानी जम्ने भएकोले होटल व्यवसायीहरुले गैरीबाट पानी बोकेर कालिञ्चोकमा लैजाने गरेका छन् । बिहानै देखि हिमपात भएपछि चार पाँच इन्च हिउँ जमिसकेको ओलीले बताए ।
बिहीबार बिहानै देखि हिमपात शुरु भएपछि बाहिर निस्कन समेत कठिन भएको कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी सोनाम शेर्पाले बताए । चिसोकै कारण पर्यटकहरु पनि धेरै पुग्न नसकेको सोनामको भनाई छ ।
३८४२ मीटरको उचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण मानिन्छ । यो मौसममा लगातार हिमपात भै रहने भएकोले पनि कालिञ्चोकमा प्रसस्तै पर्यटक पुग्ने गरेका छन् । झण्डै ४ हजारको उचाईमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो । कालिञ्चोकमा केवलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा बृद्धि भएको स्थानिय होटल व्यवसायीहरु बताउछन् ।
कालिञ्चोकको कुरीमा झण्डै ४० भन्दा बढी होटलहरु सञ्चालनमा रहेको छ । होटल व्यवसायीहरुले बस्ने र खाने कुरामा अत्यधिक शुल्क लगाएको भनि विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि स्थानिय प्रशासनले चासो दिएको छ । सुनपाती होटलका प्रोपाईटर हरि ओली शुल्कमा केहि व्यवसायीले लापरवाही गरेकोले समस्या आएको तर सञ्चार माध्यममा आएजस्तै चाहिँ नभएको बताउछन् । ट्राभल एजेन्सिहरुका कारण पनि शुल्कमा समस्या आएको ओलीको भनाई छ ।
बुधबार स्थानिय प्रशासनले सबै होटल व्यवसायीहरुसंग छलफल गरी खाने, बस्ने रेट मागेको र उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ लगायत सबैसंग छलफल गरी मूल्य निर्धारणको तयारी गरिरहेको जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...