सभामुखद्वारा सांसदको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं- सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहनुभएका सांसद वलीको स्वास्थ्यस्थितिबारे उहाँको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिनुभएको हो ।
सांसद वली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उहाँले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको थियो ।
आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा पर्नुभएको थियो ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...