एक वर्षमा तेइस सय बालबालिका बेपत्ता
काठमाडौं- मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो ।
केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले चालू आवमा उपत्यकालगायत सातै प्रदेशमा २ हजार ३ सय ३० बालबालिका हराएको सूचना संकलन भएको बताउनुभयो ।
हराइरहेकामध्ये बालिका धेरै रहेको केन्द्रको तथ्यांकले देखाएको छ । तथ्यांकमा १ हजार ४ सय ९ जना बालिका मात्रै हराएको देखिएको छ । जसमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरु बढी हराएको तथ्यांकले हदेखाएको छ ।
पाँच वर्षसम्मका १३ जना, ६ देखि १० वर्षसम्मका ३३ जना, ११ देखि १४ वर्षसम्मका ४ सय ५ जना र १५ देखि १८ वर्ष उमेर सम्मका ९ सय ५८ गरी १ हजार ४ सय ९ जना बालिका मुलुकबाट बेपत्ता भएका छन ।
त्यस्तै पाँच वर्षसम्मका ३३ जना, ६ देखि १० वर्षसम्मका १ सय १३ जना, ११ देखि १४ वर्षसम्मका ५ सय २ जना र १५ देखि १८ वर्ष उमेरसम्मका २ सय ८४ गरी ९ सय २१ जना बालक हराइरहेको बताइएको छ ।
धेरै बालबालिका हराउने प्रदेशमा पहिलो स्थानमा प्रदेश नम्बर ३ परेको छ । तथ्यांकअनुसार प्रदेश ३ बाट मात्रै ७ सय २ जना बालबालिका हराएका छन । ३ सय ८५ जना बालिकास प्रदेशबाट बेपत्ता भएका छन् भने ३ सय १७ बालक हराएको केन्द्रले जानकारी दिएको छ ।
त्यस्तै धेरै बालबालिका हराइरहेको प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश नम्बर ५ परेको छ । प्रदेश ५ मा ३ सय ४१ जना बालबालिका हराइरहेका छन् । जसमा बालिका २ सय १२ र बालकको संख्या १ सय २९ रहेको छ ।
केन्द्रले दिएको जानकारीअनुसार चालू आवको हालसम्म ७ सय २० जना मात्रै बालबालिका फेला परेको र बाँकीको खोजी भइरहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...