नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानून, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधान गर्ने विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।
छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले संसद् गठनभएको एक वर्षभित्र नेपालको संविधानसँग बाझिने कानूनलाई संविधान अनुकूल बनाउने संवैधानिक व्यवस्था अनुरुप समितिबाट सर्वसम्मतिका आधारमा विधेयक सदनमा पेश गरिएको जानकारी दिए ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते शुक्रबार दिनको ३ बजे बस्नेछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...