अब प्रदेशबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने

काठमाडौँ- सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो ।
यस्तै विभागबाट मात्र लाइसेन्स छापिँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउन महिनौँ कुर्नुपर्ने भएपछि प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गर्न लागेको बताइएको छ ।
विभागले देशभरका स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएकोमा अब प्रदेशअन्तर्गत रहने यातायात कार्यालयबाट नै त्यसको प्रिन्ट हुने तयारी अगाडि बढाइएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले सातवटै प्रदेशबाट प्रिन्ट हुने तयारी भइरहेको स्वीकार्दै विभागले अहिले प्रिन्ट गरिरहेको छ, तर अब विभागमा रहेको कार्डमात्र प्रिन्ट हुन्छ किनकि विभागको काम त्योभन्दा पनि नीति निर्माण गर्ने र मापदण्ड बनाउने बताउनु भयो ।
समाचार स्रोतका अनुसार अझै करिब तीन लाखभन्दा बढी लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । विभागले मात्र प्रिन्ट गर्न समय लागेको भन्दै सरकारले नीजि क्षेत्रलाई जिम्मा दिए पनि सम्झौताअनुसारको लाइसेन्स प्रिन्ट भएको छैन ।
मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेश कार्यालयबाटै लाइसेन्स प्रिन्ट गर्ने पत्राचार भएपछि प्रदेश सरकारले गृहकार्य अगाडि बढाएको छ । प्रदेशअन्तर्गत रहेका यातायात कार्यालयलाई विभागले सफ्टवेयर उपलब्ध गराएपछि लाइसेन्स प्रिन्ट गरिनेछ । तर विभागले एकद्धार प्रणालीबाट प्रिन्ट हुने व्यवस्था मिलाउनेछ ।
प्रदेश सरकारले लाइसेन्स छपाईको जिम्मेवारी पाउनुपर्ने माग राखेपछि भौतिक पूर्वाधार मन्त्रालयले छाप्ने जिम्मेवार समेत प्रदेशलाई दिएको जनाएको छ ।
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...



