नेपाल उपविजेतामा सिमित

काठमाडौँ- भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ ।
भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा वीन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् ।
नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो ।
आर्मी विजयी
भूटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । आज भएको खेलमा आर्मीले भुटानको थिम्पु सिटीलाई ६–० गोलअन्तरले पराजित ग¥यो ।
जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागि कप्तान भरत खवासले दुई, नवयुग श्रेष्ठ, विमल पाण्डे र सन्तोष तामाङले एक–एक गोल गरे । खेलको पाँचौ मिनेटमा कप्तान भरत खवासले, ३१औँ मिनेटमा नवयुग श्रेष्ठले, ३६औँ मिनेटमा भरत तथा ४५औँ मिनेटमा विमल पाण्डेले गोल गरेका थिए । दोस्रो हाफपछि आर्मीका लागि ७७औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । प्रतियोगितामा आयोजक भूटानका ६, नेपालका दुई र भारतका चार क्लब सहभागी छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...