फेरि आउने भयो सांगीतिक उत्सव पलेँटी

काठमाण्डौ- नेपालयले संचालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेबु्रवरी महिनादेखि शुरु हुने भएको छ । लामो अन्तरालपछि शुरु हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी नेपालयले गराएको छ ।
सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।
अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको कुरा नेपालयले जानकारी गराएको छ ।
‘लामै ग्यापपछि पलेँटी थालिँदै छ । साँच्चै भन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन् । यही क्रममा पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं ।’ पलेँटी संयोजक आभासले भने ।
आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।
‘नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारहरूको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ ।‘ महिला विशेष पलेँटीका बारे आभासको टिप्पणी थियो ।
यसपालीको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झँनेछिन् । साथै कार्यक्रमलाई शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा संदर्भलाई संक्षिप्त वाचन गर्ने छन् ।
मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलेँटीसँग सम्बन्धित गायिका हुन् । उनले यसपाली प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनाहरूलाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेस हुनेछन् ।
‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालय पनि हो । यो विद्यालयको मञ्चमा बस्न पाउँदा म सँधै उत्साहित हुन्छु । यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु ।‘ ‘आर’शालामा वाद्यवादक बीच अभ्यासरत मीना आउँदो पलेँटी बारे भन्दै थिइन् ।
‘अबका पलेँटीमा संगीतसँग आवद्ध विषय केन्द्रित कार्यक्रम पनि प्रस्तुत हुने छन् । यसैको शुरुवात स्वरुप, फेबु्रवरी महीनाको पलेँटीलाई हामीले ‘नेपाली संगीतमा महिलाको संलग्लनता र योगदान’ विषयमा केन्द्रित गर्दै कार्यक्रम निर्माण गरेका हौं ।’ पलेँटी कार्यक्रम बारे आभासको थप टिप्पणी थियो ।
यही फेब्रुवरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।
पलेँटीको टिकट बूकिंग पलेँटी र नेपालयका सामाजिक संजाल मार्फत तथा अनलाइन खरिद www.thuprai.com बाट गर्न सकिन्छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...