अन्तर्राष्ट्रिय यात्रु ओसार्नेमा नेपाल वायुसेवा निगम पहिलो

काठमाडौं- अन्तर्राष्ट्रिय यात्रु उडानमा नेपाल वायुसेवा निगम पहिलो स्थानमा पर्न सफल भएको छ । देशको राष्ट्रिय ध्वजावाहक निगमले सन् २०१८ को एक वर्षमा गरेको यात्रु उडान र अवतरणमा नेपालमा उडान गर्ने अन्य सबै वायुसेवालाई पछि पार्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
निगमले सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९७९ यात्रु बोकेर नेपालमा उडान भरिरहेका ३० वटै वायुसेवाभन्दा आफूलाई अग्र स्थानमा पार्न सफल भएको हो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् । यी सबै वायुसेवाले दिएको हवाई सेवाको तुलनामा निगमले सबैभन्दा धेरै यात्रु ओसारेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त अवधिमा निगमले कुल ३ हजार ५३४ उडानबाट २ लाख २४ हजार हवाई यात्रुलार्ई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट विभिन्न मुलुकतर्फ लगेको र २ लाख ४७ हजार यात्रुलाई सोही विमानस्थलबाट भित्राएको थियो ।
यसअघि सन् २०१६ मा पनि अग्रस्थानमा आएको निगम सन् २०१७ मा भने पछि परेको थियो । घट्दै गएको बजारलाई निगमले नेपालको समग्र हवाई उडानमा अहिले वार्षिक रूपमा बढाउँदै करिब ११ प्रतिशतको बजार हिस्सा उकास्न सफल भएको निगमको दाबी छ । अहिले वाइडबडी विमान ल्याइसकिएकाले यसले लामो दुरीका गन्तव्यमा उडान भर्न थालेपछि आफ्नो बजार हिस्सा थप बढाएर १७ प्रतिशत पुग्ने अपेक्षा गरिएको निगमको दाबी छ ।
निगमले हाल वाइडबडी विमान खरिद गरी यात्रुलाई सेवा दिने तयारीमा रहेको, न्यारोबडी विमानले नियमित सेवा दिइरहेकाले र अन्तर्राष्ट्रिय उडानमा यात्रु क्षमता बढी भएको विमान प्रयोग गरेकाले यात्रु उडान संख्यमा राम्रो सुधार भएको निगमले जनाएको छ ।
अहिले यो वायुसेवाले जापान, साउदी अबर, कोरिया, चीनसहितका गन्तव्यमा वाइडबडीमार्फत उडान गर्ने तयारी गरिरहेको राजधानी दैनकले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी वायुसेवा बुद्ध, हिमालय र निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् भने अन्य करिब डेढ दर्जन मुुलुकका विभिन्न २७ वटा वायुसेवाले नेपालमा नियमित उडान भरिरहेका छन् ।
नेपालमा अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाका यात्रु उडानका आधारमा अहिले जेट एयरवेजले ४ लाख ५० हजार ९९४ यात्रुलाई सेवा दिएर निगमपछि दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, कतार एयरवेजले ३ लाख ९९ हजार यात्रुलाई सेवा दिएर तेस्रो, फ्लाई दुबाईले ३ लाख ७४ हजारलाई सेवा दिएर चौथो स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी, बढी यात्रु सेवा दिनेमा एयर इन्डियाले २ लाख ३७ हजार, एयर अरेबियाले २ लाख ३२ हजार, हिमालय एयरलाइन्सले २ लाख २४ हजार र कतार एयरवेजले २ लाख ५ हजार यात्रुलाई सेवा दिएका छन् ।
अन्तर्राष्ट्रिय उडानमा अब्बल बन्दै गएको निगम आन्तरिक उडानमा भने कमजोर बन्दै गएको छ । निगमले आन्तरिक उडानमा भएकै विमान पनि नियमित उडाउन नसकेको अवस्था छ । यसैगरी, आन्तरिक व्यवस्थापन मिलाउन नसकेकै कारण अझैसम्म दुईवटा वाइडवडी विमान ल्याएको करिब १० महिनासम्म पनि लामो दुरीको उडानमा जान सकेको छैन । निगमले जापान उडानका लागि यही फागुनभित्रै पुनः उडान सेवा विस्तार गर्ने योजना बनाएको थियो ।
यसैगरी, आन्तरिक उडानतर्फ भने एक वर्षमा १३ लाख यात्रु ओसारेर बुद्ध एयर पहिलो, साढे ६ लाख यात्रुलाई सेवा दिएर यती एयर दोस्रो, साढे ४ लाख यात्रुलाई सेवा दिएर श्री एयरले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । यसैगरी, सो अवधिमा १ लाख यात्रुलाई सेवा दिने सौर्य एयरभन्दा पनि पछाडि पाँचौं स्थानमा निगम परेको छ । निगमले गत वर्ष आन्तरिक उडानमा सञ्चालित नौवटा विमानबाट जम्मा ७९ हजार यात्रुलाई मात्र सेवा दिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



