अर्घाखाँची समाज अस्ट्रेलियाले नेपाली नयाँ वर्ष बिशेष कार्यक्रम गर्दै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालको अर्घाखाँची जिल्लाबाट अष्ट्रेलिया आइ बिभिन्न पेशा ब्यबसायमा आबद्द जिल्लाबासिहरु बीच आपसी सहकार्य दुख-सुखमा हात बढाउदै बिबिध परोपकारी कार्यमा सहभगी हुने उदेश्यका साथ स्थापित अर्घाखाँची समाज अस्ट्रेलियाले स्थापनाको छोटो समयमा बिबिध सामाजिक एबम परोपकारी कार्यहरु गर्दै आइरहेको छ ।
आपसी भेटघाट र त्यो भन्दा पनि यस्ता भेटघाटबाट उठेको रकमलाई परोपकारी एबम अति आबश्यक व्यक्ति/स्थान सम्म पुराउने उदेश्य सहित यस बर्षको नेपाली नयाँ बर्षलाई संस्थाले बिशेष रुपमा मनाउदै गरेको संस्थाको तर्फबाट मिन भुसालले जानकारी दिए ।  भुसालका अनुसार आउदो १३ अप्रिलका साँझ ६.३० देखि १०.३० सम्म पारिबारिक बाताबरणमा क्रुजपार्टीको आयोजना गर्दै छ । उक्त कार्यक्रमबाट बचेको रकमबाट समाजले आउने बर्ष अर्घाखाँची जिल्लाका  गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृति दिनेछ । यो वर्ष पनि समाजले जिल्ला का ५१ जना विधार्थीलाई छात्रवृति बितरण गरिसकेको छ । हाम्रो अभीयान “एक वार्ड एक बिधार्थी (गरिब तथा जेहेन्दार )”  भएको समेत समाजले जनाएको छ। कार्यक्रममा सहभागी भई पारिबारिक जमघटमा मनोरन्जन लिदै परोपकारी कार्य को एक हिस्सा बन्न पनि संस्थाले सबै नेपाली दाजु भाई दिदि बैनीहरुलाई अनुरोध गरेको छ।