अबर्न नेपाली समाज गठन 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
छोटो समय मै ठुलो संख्यामा नेपालीहरु को उपस्थित बढेको सिड्नीको पश्चिमी सर्बअर्ब अबर्नमा बस्ने नेपालीहरु संगठित हुदै अबर्न नेपाली समाज गठन गरेका छन् । ठुलो संख्यामा यस क्षेत्रमा बस्ने नेपालीहरु र नेपालबाट घुम्न आएका अभिभावकहरु को एक भेलाले अशोक उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय अबर्न नेपाली समाज गठन गरेको छ।
भेलाले समाजको उपाध्यक्षमा विपीन थापा र राजु गिरी तथा महासचिवमा मनोज अधिकारी तथा कोषाध्यक्षमा जितेन श्रेष्ठलाई चुनेको छ । समाजको कार्यसमितिमा कार्यक्रम संयोजक रवीन्द्रकुमार, शर्मा, महिला संयोजकमा अन्जु थापा, खेलकुद संयोजकमा वीरेन्द्र बलामी, अभिभावकको तर्फबाट जित गोपाली र युवा संयोजकमा रुपक बुढाथोकीलाई संयोजकको जिम्मेवारी दिएको छ । यसै गरि समाजको कार्यसमिति सदस्यमा आशिष अधिकारी, तुलसी भुषाल, उद्धव पोख्रेल, हेमन्त घिमिरे, प्रतीक सिग्देल, युदिका कुँवर, कृष्ण सुवेदी, सन्तोष आचार्य, भुपेन्द्र कंडेल, विपिन अधिकारी निर्वाचित भएका छन् । यसै गरि समाजको सल्लाहकारमा दिनेश पोखरेल, राजकुमार श्रेष्ठ, मनऋषि धिताल, रमेश बानियाँ, देवेन्द्रराज भन्तना र शशी राइलाई चयन गरेको जनाएको छ ।