सिड्नीको साउथ वेस्ट क्षेत्रका नेपालीहरु संगठित 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नीको साउथ वेस्ट क्षेत्रमा बढ्दै गएको नेपालीको बसोबासलाई मध्यनजर गर्दै आपसी भाइचरा र सामुहिक हितका लागि एकताबद्द गर्ने उदेश्यले साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नी गठन भएको छ ।  हाललाई तदर्थ समितिको रुपमा रहेको यस समितिले आउने ६ महिना देखि १ बर्ष सम्म संस्था दर्ता गरि, यस क्षेत्रका धेरै भन्दा धेरै नेपालीहरुलाई समेट्दै  समुदायको हितमा काम गर्ने प्रतिबद्दता समेत जनाएको छ ।  यस आगाडी नै  ३ वटा टास्क फोर्स गठन गरि गत ९ फेब्रवरीमा बसेको भेलाले समितिको अध्यक्षमा  डा. देवेन्द्र सापकोटालाई चयन गरेको छ । संस्थाका अन्य पदाधिकारीमा उपाध्यक्ष: सुदिप ढकाल, महासचिव: प्रेम वहादुर शाह, सचिव: प्रज्वल भट्टराइ, कोषाध्यक्ष: मिनराज भुसाल, महिला कोअर्डीनेटर : सुभांगी कोइराला, सदस्यहरूमा  दिपनारायण चौधरी, विष्णु कोइराला, भुपाल सिटौला, विनोद लम्साल, सूर्य खनाल, रमेश अधिकारी हुनुहुन्छ।  संस्थाका लागि लिभरपुल काउन्सिलबाट बाबु गौतम, सुमन शर्मा, सागर पराजुली त्यसैगरी क्याम्डेन काउन्सिलबाट विष्णु प्रभात सापकोटा, चुना क्षेत्री, कमल भण्डारी र क्यामवेलटाउन काउन्सिलबाट कृष्ण चापागाँई, हिमलाल गैरे, राजन पाठकले प्रतिनिधत्व गर्नु हुने पनि संस्थाको तर्फ बाट महासचिब प्रेम बहादुर शाहले बताउनु भयो।