नयाको क्रुज पार्टी हुदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

अष्ट्रेलियामा रहेका नेपाली युवाहरुलाई जागरुक गराउंदै उनिहरुका बिभिन्न गतिबिधिलाइ सहयोग गर्ने साथै बिबिध सामाजिक हित र दोश्रो पुस्ताका युवाहरुलाई खेलका लागि उत्प्रेरित गर्ने उद्देश्यसहित सन २०१३ सालमा स्थापना गरिएको नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नया) ले बिगतका बर्षहरुमा पाँच वटा क्रुज पार्टीहरु अत्यधिक सहभागिताका साथ सौहार्द्र रुपमा आयोजना पश्चात यस यस बर्ष पनि क्रुज पार्टी आयोजना गर्ने भएको छ । आउदो मार्च २३ तारिख सांझ ७ बजे किङ्ग स्ट्रिट राफ नम्बर १ बाट क्रुज छुट्ने कार्यक्रम रहेको छ ।

पूर्ण पारिवारिक वातावरणमा सम्पन्न हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित, डिजे, बालबालिकाका सहभागिता मुलक प्रतियोगिताहरु र लक्कि ड्र लगायतका कार्यक्रमले मनोरञ्जन प्रदान गरिने छ । मिठो खाना, गितसंगित, बिबिध मनोरञ्जनात्मक कार्यक्रम र सुन्दर हार्वरको दृश्यावलोकनबाट उपस्थित पाउनाहरूले पुर्ण मनोरञ्जन प्राप्त गर्ने कुराको विश्वास रहेको संस्थाका तर्फ बाट प्रकाश अर्यालले द नेपालि टाईम्ससंगको कुराकानिमा बतए । त्यसै गरिआयोजकको तर्फबाट अनुप न्यौपानेले कार्यक्रममा सहभागी हुनका लागि प्रत्येक ब्यक्ति ६० डलर टिकट तोकिएको र ५ बर्षका मुनिका बालबालिकाका लागि निशुल्क प्रवेश रहेको बताए। कार्यक्रम साझँ ७ बजे देखि शुरू हुने र ११ बजे समापन हुनेछ । ग्लोबल कन्सल्टेन्ट मुख्य प्रायोजक रहेको उक्त कार्यक्रमबाट संकलित रकम नयाले बिगतमा गर्दै आइरहेको बिबिध परोपकारी कार्यहरुका लागि र युवाहरु लाई खेलकुदमा पेरणा दिने बिबिध कार्यक्रममा खर्च गरिने संस्थाका अध्यक्ष प्रकाश खरेलले बताए ।
कार्यक्रम संबन्धि थप जानकारी तथा टिकटका लागि प्रकास खरेल- ०४२० ७९५ ८८८, प्रकाश अर्याल-०४०१ ५१६ २९० वा अनुप न्यौपाने- ०४३२ २८५ १४४ लाई सम्पर्क गर्न सकिनेछ ।