दर्शकले मन पराए मनिष ढकालको रकेट…

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– संगीतकर्ममै रमाइरहेका युवाहरूले स्थापना गरेको एबी मिडिया बिल्कुलै नौलो स्वादको गीत ‘रकेट’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएको छ ।

संगीतकार सुशान्त गौतम र गीतकार एकतारेको ‘रकेट…’ मा गायक मनिष ढकालको सुमधुर आवाज रहेको छ ।

रिकेश गुरुङले संगीत संयोजन रहेको गीतको ध्वनी मिश्रण तथा मास्टरिङ बिजु बज्राचार्य तथा जोशुवाले गरेका छन् ।

भिडियोमा गायक मनिष ढकाल तथा एकतारले नै अभिनय गरेको भिडियोमा एउटा स्वच्छन् मनको यात्रालाई बिजु कर्माचार्यले अमूर्त रूपमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

एउटा गीत श्रृजनाको क्रममा कलाकारले अनुभूति गर्ने भावनाहरू समेटेर भिडियोमा गायकको स्टुडियोसम्मको यात्रालाई देखाइएको छ ।

यस्तो छ भिडियो