खोटाङमा बस दुर्घटना, २४ को निधन
काठमाडौं— खोटाङ जिल्लाको दिक्तेलबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको यात्रुवहाक बस खोटाङको अर्खौलेको बर्खेटारमा दुर्घटनाग्रस्त हुँदा २४ जना यात्रुको मृत्यु भएको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुर ताम्ली-७ का शान्त राई, उनका छोरा ओमश्री राई, उदयपुरकै बर्जुनारायण श्रेष्ठ र हेम सुनुवार छन् । यसैगरी खोटाङ निर्मली डाँडाकी बिमला राई, खोटाङ क्यात्मीटारका प्रेम राई, मेजर राई र याम्खाका भैरव राईको पनि दुर्घटनामा मृत्यु भएको छ । नेत्र कुमार राई, गोविन्द तिमल्सिना, सोलुखुम्बुकी सुष्मा राई र सोम सुन्दासको मृत्यु भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका इन्सपेक्टर फुर्गेली शेर्पाले जानकारी दिए ।
दिक्तेलबाट काठमाडौंका लागि मंगलबार बिहानै ५ बजे छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान काभ्रेको भिरबाट खसेको हो । दुर्घटनामा २१ जना पुरुष तथा ५ महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् । प्रहरीका अनुसार उक्त स्थानमा साँघुरो बाटो छ, जसका कारण सोहीस्थानबाट उक्त बस करिव ५ सय मिटर तल खसेको हो । सडकबाट झरेको बस माथिबाट हेर्दा तल नदेखिने स्थानमा छ । दिक्तेलबाट २८ जना यात्रु लिएर काठमाडौंतर्फ लागेको बसमा बीच बाटोमा यात्रु चढेपछि करिब ४० जना यात्रु सवार रहेको जनाइएको छ । आज दुर्घटना भएको स्थानमा यसअघि पनि पटक–पटक सवारी दुर्घटना भएको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...