खोटाङमा बस दुर्घटना, २४ को निधन
काठमाडौं— खोटाङ जिल्लाको दिक्तेलबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको यात्रुवहाक बस खोटाङको अर्खौलेको बर्खेटारमा दुर्घटनाग्रस्त हुँदा २४ जना यात्रुको मृत्यु भएको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुर ताम्ली-७ का शान्त राई, उनका छोरा ओमश्री राई, उदयपुरकै बर्जुनारायण श्रेष्ठ र हेम सुनुवार छन् । यसैगरी खोटाङ निर्मली डाँडाकी बिमला राई, खोटाङ क्यात्मीटारका प्रेम राई, मेजर राई र याम्खाका भैरव राईको पनि दुर्घटनामा मृत्यु भएको छ । नेत्र कुमार राई, गोविन्द तिमल्सिना, सोलुखुम्बुकी सुष्मा राई र सोम सुन्दासको मृत्यु भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मका इन्सपेक्टर फुर्गेली शेर्पाले जानकारी दिए ।
दिक्तेलबाट काठमाडौंका लागि मंगलबार बिहानै ५ बजे छुटेको बा २ ख ६३७६ नम्बरको बस महादेवस्थान काभ्रेको भिरबाट खसेको हो । दुर्घटनामा २१ जना पुरुष तथा ५ महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् । प्रहरीका अनुसार उक्त स्थानमा साँघुरो बाटो छ, जसका कारण सोहीस्थानबाट उक्त बस करिव ५ सय मिटर तल खसेको हो । सडकबाट झरेको बस माथिबाट हेर्दा तल नदेखिने स्थानमा छ । दिक्तेलबाट २८ जना यात्रु लिएर काठमाडौंतर्फ लागेको बसमा बीच बाटोमा यात्रु चढेपछि करिब ४० जना यात्रु सवार रहेको जनाइएको छ । आज दुर्घटना भएको स्थानमा यसअघि पनि पटक–पटक सवारी दुर्घटना भएको बताइन्छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...