सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौं– सरकारले २४ फागुनमा सिके राउतसँग गरेको ११ बुँदे सहमति खारेज गर्न विवेकशील साझाले माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै साझाले सहमतिको मसी सुक्न नपाउँदै राउत समूहले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र एकतामा खलल पुर्याउने खालका गतिविधि गरेको भन्दै कडा कारबाहीको माग समेत गरेको हो ।
“विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासलाई साझा पार्टी सधैं स्वागत गर्दछ ।” विज्ञप्तिमा भनिएको छ, “तर, राउतले अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता जेलबाट मुक्त हुने चालको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ ।”
सहमतिमा प्रधानमन्त्रीको बहकाउपूर्ण संलग्नता, पर्याप्त गृहकार्यको अभाव र प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर गरेको पनि साझाले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...