सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

काठमाडौं– सरकारले २४ फागुनमा सिके राउतसँग गरेको ११ बुँदे सहमति खारेज गर्न विवेकशील साझाले माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै साझाले सहमतिको मसी सुक्न नपाउँदै राउत समूहले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र एकतामा खलल पुर्याउने खालका गतिविधि गरेको भन्दै कडा कारबाहीको माग समेत गरेको हो ।
“विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासलाई साझा पार्टी सधैं स्वागत गर्दछ ।” विज्ञप्तिमा भनिएको छ, “तर, राउतले अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता जेलबाट मुक्त हुने चालको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ ।”
सहमतिमा प्रधानमन्त्रीको बहकाउपूर्ण संलग्नता, पर्याप्त गृहकार्यको अभाव र प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर गरेको पनि साझाले जनाएको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...